Mero Chitwan
इजरायल गाजा युद्ध: हमासको शिविरमा इजरायली हवाई आक्रमणबाट ७० प्यालेस्टिनीको मृत्यु

एजेन्सी: गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली हवाई आक्रमणमा पट्टीको केन्द्रमा रहेको अलमगाजी शरणार्थी शिविरमा कम्तीमा ७० जनाको मृत्यु भएको जनाएको छ।

दक्षिणी गाजाको खान युनिसमा कम्तिमा आठ प्यालेस्टिनीको ज्यान गएको छ । घाइेतलाई एम्बुलेन्समा अस्पताल लैजान पनि इजरायली बम वर्षाले अवरोध पुगेको प्यालेस्टिनी पक्षले जनाएको छ ।दर्जनौं घाइतेहरूलाई माघाजीबाट नजिकैको अलअक्सा अस्पतालमा लगिएको फुटेजमा केही बालबालिकाको अनुहार रगतले छोपिएको र शरीरका झोलाहरू बाहिर थुप्रिएको देखाइएको छ।

इजरायली सेनाले यो हमलाको रिपोर्ट हेरिरहेको बताएको छ।इजरायली र अरब मिडियाले गाजा पट्टीको सिमानामा रहेको इजिप्टले इजरायल र हमास बीच युद्धविरामको लागि नयाँ प्रस्ताव अघि सारेको बताएको छ।

इजरायलको एघार साताको लामो हमासविरुद्धको युद्धमा यो सबैभन्दा विभत्स रात्रिकालीन आक्रमण हो । इजरायलले हवाई र स्थल कारबाही तीव्र पारेपछि बेथलेहेममा क्रिसमस उत्सव रद्द गरिएको छ ।

क्रिसमसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा  पोप फ्रान्सिसले भ्याटिकनको सेन्ट पिटरको बासिलिकामा  आयोजित कार्यक्रमको अध्यक्षता गर्दै मध्यपूर्वमा शान्तिको लागि अपील गरे।

इजरायल र हमास बीचको युद्धलाई उल्लेख गर्दै पोपले येशूको शान्तिको सन्देशलाई उहाँ जन्मेको भूमिमा युद्ध  द्वारा डुबाउँदै आएको बताउनुभयो।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update