डडेल्धुरा : डडेल्धुरामा जिप दुर्घटना हुँदा एक जना पूर्व वडाध्यक्षको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से १ ज २०६७ नम्बरको अल्टो जिप अमरगढी नगरपालिका –७ भुमाडीमा दुर्घटना भएको हो ।
दुर्घटनामा अमरगढी नगरपालिका वडा नम्बर ७ का पूर्व वडाध्यक्ष केशव भट्टराईको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार सोही ठाउँका चेतराज भट्टराई (रोचन) घाइते भएका छन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजना पोखरा, बेलापुर सडक खण्डको भुमाडीमा कार दुर्घटना भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । कालोपत्रे हुनलागेको सडकमा ग्राभेल गरिएको छ । मृतक भट्टराइ २०५४ को निर्वाचनमा अमरगढी नगरपालिका ७ को वडाध्यक्ष निर्वाचित भएका थिए ।