विश्वका १२२ सहरमध्ये काठमाडौं सबैभन्दा प्रदूषित,भरतपुरको एक्यूआई २९२
काठमाडौं : काठमाडौं सोमबार (आज) फेरि विश्वकै पहिलो प्रदूषित सहरमा सूचीकृत भएको छ । वायु गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरका अनुसार सोमबार बिहान ११ः१५ बजे काठमाडौं विश्वका १२२ सहरमध्ये सबैभन्दा प्रदूषित भएको छ ।
आईक्यू एयरका अुनसार काठमाडौंमा सो समय वायुको गुणस्तर १७६ एक्यूआई पुगेको छ । योसहित चैतयता नेपाल तेस्रोपटक विश्वका प्रदूषित सहरको एक नम्बरमा परेको हो । दोस्रोमा चीनको बेइजिङ १६३ एक्यूआई र भारतको कोतकत्ता १५८ एक्यूआई सहित तेस्रो नम्बरमा छन् ।
वातावरण विभागको तथ्यांकअनुसार सोमबार बिहान ११ बजे भरतपुर सबैभन्दा प्रदूषित देखिएको छ । भरतपुरमा सो समय एक्यूआई २९२ पुगेको छ । काठमाडौंमा गएको २४ घण्टाको वायुको गुणस्तर एक्यूआई ११० देखि १८७ एक्यूआईसम्म पुगेको विभागको रेकर्ड छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१ १६:२१
प्रतिक्रिया दिनुहोस्