भोलि सार्वजनिक बिदा दिने मन्त्रिपरिषद् बैठकको निर्णय
काठमाडौँ : सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ ।
सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्नुहुने नेपालको राजकीय भ्रमणको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१ १३:५०
प्रतिक्रिया दिनुहोस्