विद्यार्थीसँग दोहोर्याएर भर्ना शुल्क नलिन रत्ननगर नगरपालिकाको निर्देशन
चितवन । रत्ननगर नगरपालिकाले एक पटक भर्ना भइसकेका विद्यार्थीसँग अर्को पटक भर्ना शुल्क नलिन निर्देशन दिएको छ ।
नगरपालिकाले आज सूचना जारी गर्दै नगरभित्रका सबै संस्थागत विद्यालयलाई उक्त निर्देशन दिएको हो ।
नगरपालिकाले संस्थागत विद्यालय शुल्क निर्धारण तथा मापदण्ड निर्देशिकामा जुन कक्षामा भर्ना हुने हो सोही कक्षाको मासिक शुल्कको एक महिनाको शुल्क बराबर हुने गरी एक पटकमात्र भर्ना शुल्क लिने व्यवस्था रहेको पनि स्मरण गराएको छ ।
एक पटक शुल्क तिरी भर्ना भएका विद्यार्थीलाई पुनः सोही विद्यालयमा भर्ना हुँदा शुल्क नलिन सबै संस्थागत विद्यालयलाई नगरपालिकाले आग्रह गरेको हो ।
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१ २२:५१
प्रतिक्रिया दिनुहोस्