अमेरिकी निजी कम्पनी नेपालमा लगानी गर्न इच्छुक : अर्थमन्त्री पुन
काठमाडौं : अमेरिकी ठुला निजी कम्पनी नेपालमा लगानी गर्न इच्छुक रहेको अर्थमन्त्री वर्षमान पुनले जनाउनुभएको छ ।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी भएर स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा मन्त्री पुनले अमेरिकी निजी कम्पनी नेपालमा लगानी गर्न इच्छुक भएको बताउनुभएको हो ।
अमेरिका भ्रमणमा क्रममा एक हजार ६५ मेघावाटको अपर अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकले सस्तो ब्याजमा ८५० मिलियन डलर ऋण दिने सहमति भएको मन्त्री पुनको भनाइ छ ।
उहाँले गैरआवासीय नेपालीहरुसमेत लगानी गर्न इच्छुक रहेको जानकारी दिनुभयो । नेपालमा लगानी सहज गर्न अध्यादेशमार्फत ऐन संशोधन गर्ने तयारी भइरहेकोसमेत उहाँको प्रस्टोक्ति छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१ १९:१२
प्रतिक्रिया दिनुहोस्