Mero Chitwan
सुप्रिम सहकारी ठगी प्रकरण :  पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुनलाई धरौटीमा छोड्न अदालतको आदेश

बुटवल- बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशकुमार पुनलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

आज थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश दीपक उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएका हुन् । सहकारी ठगीमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशकुमार पुनलाई भने ४ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ ।

त्यस्तै दुर्गा चापागाईं पाण्डेसँग १८ लाख, नवीन अछामीसँग १० लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगर र रोशनी गुरुङसँग २/२ लाख धरौटी माग गरिएको छ । सहकारी रकम हिनामिनामा संलग्नको आरोपमा ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई २८ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता भएको थियो । २८ जनाविरुद्ध मुद्दा दर्ता भए पनि थुनछेक बहसमा ७ जना मात्र उपस्थित भएका थिए । कुमार रम्तेल र भविश्वर अर्याललाई कास्की कारागारबाट झिकाएर बयान लिइने जनाइएको छ । 

सुप्रिम सहकारीमा राखेको बचत हिनामिनामा १ हजार ८ सय ३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका छन् ।

प्राप्त जाहेरीका आधारमा पीडितको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ। 

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update