Mero Chitwan
भरतपुर भम्रण वर्षको प्रर्वद्धन गर्न देवघाट–हलेसी सगरमाथा मोटर र्‍याली सुरु

चितवन : भरतपुर भम्रण वर्ष २०२४ को प्रर्वद्धनका लागि देवघाट–हलेसी सगरमाथा मोटर र्‍याली सुरु भएको छ । मोटर टुरिजम तथा मोटर स्पोर्टस प्रर्वद्धन गर्ने उद्देश्यले नेपाल अटोमोवाइल एसोसिएसन (नासा) बागमती प्रदेश र चितवन अटोमोवाइल डिलर्स एसोशियशन-काडाले संयुक्त रुपमा मोटर र्‍याली गरेका हुन् । 

र्‍याली दुई रात तीन दिनको हुनेछ । र्‍यालीको उद्घाटन गर्दै भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर भ्रमण बर्षलाई सफल बनाउन यस्ता खालका र्‍याली महत्त्वपूर्ण रहने बताए । देवघाट–हलेसी सगरमाथा जस्ता पवित्र क्षेत्रको बिकास र प्रबर्द्धन  गर्न र त्रिकोणात्मक पर्यटन ट्रयाक निर्माण गर्न र्‍याली फलदायी उनको भनाइ छ ।

प्रतियोगिताको समापन भने ओखलढुङ्गाको ढापमा हुनेछ । एक दशकदेखि नेपालमा र चितवनमा समेत सुरुवात भएको मोटर स्पोर्ट्सका दर्जनौं इभेन्ट  हाल नेपाालमा भइरहेका छन् भने चितवनबाट यस प्रकारको कार्यक्रम पहिला पनि चितवन मुक्तिनाथ मोटर र्‍याली नेपाल अटो जिमखाना प्रतियोगिता सफलतासाथ सम्पन्न भएको थियो । त्यस्तै मोटर रेसिङ्गको सर्ट सर्किट विधा अटो जिम खाना छोटो र साँघुरो अस्थायी सर्किट डिजाइन गरि कलात्मक हिसाबले तयार गरिन्छ । जहाँ ड्राइभरहरुले आफ्नो कला, साहस र सृजना प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update