राप्तीको भञ्ज्याङमा बोलेरो दुर्घटना हुँदा सात जना घाइते
चितवन : चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन्। चितवनको राप्ती नगरपालिका–१२ भञ्ज्याङमा भण्डाराबाट कालीटार जाँदै गरेको गाडी दुर्घटना हुँदा सात जना घाइते भएका हुन्।बा १९ च ४५६२ नम्बरको गाडी सडकबाट १५ मिटर तल खसेर दुर्घटना हुँदा सात जना घाइते भएका चितवन प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गाडीचालक राप्ती नगरपालिका–१३ का चन्द्रबहादुर प्रजासहित सोही ठाउँका ५० वर्षीया दिलमाया चेपाङ, ६७ वर्षीय दिलबहादुर चेपाङ, १७ वर्षीय सरोजकुमार प्रजा, ३० वर्षीय विष्णुलाल प्रजा, १५ वर्षीय मनकुमार प्रजा र ३५ वर्षीय मनकुमार प्रजा घाइते भएका छन् । घाइतेहरूको भरतपुर अस्पताल र भण्डारा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको
प्रकाशित मिति: शनिबार, पुस ७, २०८० १४:१९
प्रतिक्रिया दिनुहोस्