Mero Chitwan
मलामीले चिर्पटले हान्दा शव जलाउने कामदारको मृत्यु

विराटनगर-सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित मुक्तिघाटमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ ।

सोमबार दिउँसोे ‘बृहत् मुक्तिघाट क्षेत्र विकास समिति’मा मलामीको चिर्पट प्रहार तथा कुटपिटबाट दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय विनोद तामाङको मृत्यु भएको हो । 

  इटहरी उपमहानगरपालिका–४ गैरीगाउँबाट मलामी आएका ३७ वर्षीय उमेश तामाङ र धरानका ३० वर्षीय अनिल तामाङले कुटपिट गरी चिर्पटले टाउकामा प्रहार गर्दा घाइते भएका  तामाङको उपचारका क्रममा वेदान्त हस्पिटल इटहरीमा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनामा संलग्न उमेश तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी फरार अनिल तामाङको खोजी गरिरहेको बताइएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  २२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update