Mero Chitwan
सुप्रिम सहकारीमा अनियमितता : जीबी राईसहित २८ जनालाई मुद्दा चलाउन सिफारिस

काठमाडौं । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा बचतकर्ताको रकम अपचलन प्रकरणमा १ अर्ब २ करोडभन्दा बढी बिगो मागदाबीसहित २८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रहरीले प्रतिवेदन बुझाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले जिल्ला सरकारी वकीलको कार्यालयमा प्रतिवेदन बुझाएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रन्जितसिंह राठौरका अनुसार १ अर्ब २ करोड हिनामिना भएको पाइएपछि सोही अनुसारको बिगो मागदाबी गर्नुपर्ने रायसहित फाइल प्रतिवेदन बुझाइएको हो ।

अनुसन्धान सकाएर १ अर्ब २ करोडभन्दा बढी बिगो मागदाबी र २८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन बुझाएको राठौरले बताए। अब सरकारी वकील कार्यालयले मुद्दा दर्ता गर्नका लागि वाटो खुलेको छ । प्रतिवेदनमा सहकारीका तत्कालीन अध्यक्ष जीबी (गितेन्द्रबाबु) राईसहित २८ जनालाई प्रतिवादी बनाउनुपर्ने उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  २२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update