चितवन: लुम्बिनी र कर्णाली प्रथम अन्तरप्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको महिलातर्फको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा हराउँदै लुम्बिनी सेमिफाइनलमा पुगेको हो । लुम्बिनीले सुदूरपश्चिमलाई २५–११, २५–१६ र २५–९ ले हराएको थियो ।
अर्को खेलमा मधेस प्रदेशलाई हराउँदै कर्णाली अन्तिम चारमा पुगेको छ । कर्णालीले २५–२०, २५–१० र २५–१९ को जित निकालेको हो । बिहीबार नै भएको महिलातर्फकै भलिबलमा कोशीलाई हराउँदै गण्डकी सेमिफाइनलमा पुगेको छ । गण्डकीले २५–१८, २५–२३ र २५–२२ मा जित हात पार्यो । सेमिफाइनलमा लुम्बिनीले गण्डकी र बागमतीले कर्णालीको सामना गर्नेछ ।
पुरुषतर्फ कोशी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेश सेमिफाइनल पुगेका छन् । आज भएको पुरुषतर्फको पहिलो खेलमा लुम्बिनीले बागमतीलाई सोझो सेटमा हराएको छ । लुम्बिनीले २५–९, २५–१३ र २५–१९ मा हराएको हो ।
कोशीले सुदूरपश्चिममाथि ३–२ सेटको जित निकालेको छ । कोशीले २५–२०, २०–२५, १७–२५, २५–१८ र १५–१३ मा जित निकालेको हो । अर्को खेलमा गण्डकीले कर्णालीलाई ३–२ ले हरायो । गण्डकीले २१–२५, २५–११, २३–२५, २५–१६ र १५–१३ को जित निकाल्यो । शुक्रबार हुने सेमिफाइनलमा कोशी र कर्णाली तथा गण्डकी सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ ।
पुरुष क्रिकेट : गण्डकी र कर्णालीको जित
अन्तरप्रदेश खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा गण्डकी र कर्णाली प्रदेशले जित निकालेका छन् । गण्डकी बुधबार बागमतीलाई ३२ रनले हराएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा २ सय ३५ रनको लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमामा ७ विकेट गुमाउँदै मात्र २ सय २ रन बनायो ।
बगमतीका लागि रोबिन जोशीले सर्वाधिक ६८ रनको अर्धशतकिय पारी खेले । त्यस्तै शुभ कन्सकार र तिलक राज भण्डारीले समान ३७ रन, उत्तम थापामगरले २५ रन जोडे । गण्डकीका लागि विपिन खत्री र शुभास भण्डारीले समान २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ३४ रन बनाएको थियो । गण्डकीका लागि दीपक डुम्रे र अर्जुन कुमालले अर्धश बनाएका थिए । दीपकले ७५ र अर्जुनले ५५ रन बनए । सन्दीप खत्रीले २७, करनले २४ रन बनाए । बागमतीका लागि रिजन ढकाल र कृजन गुरुङले समान १ विकेट लिए । अर्को खेलमा कर्णालीले कोशीलाई १० रनले हरायो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै मात्र १ सय ९८ रन बनायो।
महिला फुटबल : कोशी फाइनलमा
कोशी अन्तरप्रदेश खेलकुदअन्तर्गत महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा मधेशलाई २–० ले हराउँदै कोशी उपाधि नजिक पुगेको हो । भरतपुरको शारफानगर फुटबल मैदानमा कोशीलाई जित दिलाउन दुवै गोल प्रतीक्षा राईले गोल गरेका थिए ।
खेलको १७ औं मिनेटमा पहिलो गोल गरेकी प्रतीक्षाले अर्को ६२ औं मिनेटमा गरेकी थिइन । उनी प्लेयर अफ दी म्याच चुनिइन् । कोशीले सुदूरपश्चिम र कर्णालीबीचको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनल शुक्रबार हुनेछ ।
ब्याडमिन्टन : सीमा र राजुलाई स्वर्ण
ब्याडमिन्टनको महिला सिंगल्समा कोशीकी सिमा राजवंशी र पुरुष सिंगल्समा बागमतीका राजु थापाले स्वर्ण पदक जितेका छन् । पुरुष युगलमा गण्डकीका विशाल खड्का र सुजन थापा तथा महिलामा गण्डकीकै दिलाशा राणा र तिलमाया राणाको जोडीले स्वर्ण पदक जितेको छ । मिक्स डबल्समा कोशीका विशाल तामाङ र सिमा राजवंशीको जोडी स्वर्ण पदक जित्न सफल भएो छ । टिम इभेन्टको पुरुष/महिला दुवैमा कोशीले स्वर्ण पदक जितेको छ ।