Mero Chitwan
राप्रपालाई महानगरको पत्र-३  दिनभित्र सडक सफा नगरे कारबाही 

 

काठमाडौं-काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आन्दोलनका क्रममा जथाभावी फोहोर गरेको भन्दै कारवाही गर्ने चेतावनी दिएको छ ।

मंगलबार पुतली सडक, भद्रकाली क्षेत्रमा आन्दोलन गर्ने क्रममा सौन्दर्यका लागि बनाइएका बाटिका भत्काउने र सडकभरि फोहोर गरेकाले उक्त फोहोर संकलन गरी एक ठाउँमा फ्याक्न आग्रहसहितको पत्र महानगरपालिकाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई सम्वोधन गरेर पठाएको हो । 

तीनदिन भित्र महानगरको निर्देशन पालना नगरे स्थानीय शासन ऐन अनुसार कारवाही गर्ने पत्रमा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  २२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update