Mero Chitwan
६ वर्षसम्म लुकाइएको चिकित्सा शिक्षा जाँचबुझ प्रतिवेदन सार्वजनिक, को-को 'हाइ प्रोफाइल' तानिए ? [पूर्णपाठ]

काठमाडौं-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग–२०७४’को प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले बुझाएको प्रतिवेदन छ वर्षपछि आज मन्त्रालयले सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा अख्तियारका पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्की, त्रिविका पूर्वउपकुलपति तिर्थ खनिया, मेडिकल काउन्सिलका पूर्वरजिस्ट्रार नीलमणि उपाध्यायलगायतलाई सेवाबाटै बर्खास्त गरिनुपर्ने सिफारिस गरिएको छ । हाइप्रोफाइल तानिने भएपछि प्रतिवेदन नै लुकाइएकोमा शिक्षामन्त्री सुमना श्रेष्ठले सार्वजनिक गरेकी हुन् । 

karbahi1-1712767564.JPG

चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, शुल्क र गुणस्तरका क्षेत्रमा देखिएका समस्याबारे समाधानका उपायसहितको प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन सुरु हुने मन्त्रालयले जनाएको छ । 

  राजपत्रमा सूचना प्रकाशित गर्दै विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा सरकारले चिकित्सा शिक्षाका विकृति विसङ्गतिको जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन तयार गर्न आयोग गठन गरेको थियो ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  २२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update