काठमाडौं–काठमाडौं विश्वकै सबैभन्दा बढी वायु प्रदूषण भएको शहरमा सूचीकृत भएको छ । विश्वभरको वायु प्रदूषणमापन गर्ने स्वीट्जरल्याण्डस्थित संस्था एक्युआइ एयरका अनुसार काठमाडौंको आजको एक्युआई इन्डेक्स २ सय ४७ पुगेको हो । यो अति अस्वस्थकर स्तरमा पर्छ ।
यसअघि २ दिन पहिले काठमाडौ दोस्रो नम्बरमा थियो । काठमाडौं वरपरका जंगलमा लागेको डढेलो र सवारीसाधनको धुँवाका कारण वायु प्रदुषण बढेको हो ।
वायु प्रदुषण उच्च रहेका शहरमा पाकिस्तानको लाहोर दोस्रो नम्बरमा, दिल्ली तेस्रो, ढाका चौथो र इराकको बगदाद पाँचौ नम्बरमा छ ।
एक्युआइ इन्डेक्सअनुसार शुन्यदेखि ५० सम्म स्वस्थकर, ५० देखि १०० सम्म मध्यम, १०० देखि १५० संवेदनशील समूहका लागि अस्वस्थकर, १५० देखि २०० अस्वस्थकर, २०० देखि ३०० निकै अस्वस्थकर र ३०० देखि ५०० सम्म खतरनाक मानिन्छ ।