कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यामलाल कँडेल नियुक्त
काठमाडौँ : कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । एमाले, माओवादी केन्द्रलगायत सत्ता गठबन्धनमा रहेका सांसदहरुको समर्थनमा कँडेल मुख्यमन्त्री बनेका हुन् ।
प्रदेश प्रमुख तिलक परियारले कँडेलालाई संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
नेता कँडेलले गठबन्धनमा रहेका नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए । प्रदेशमा सरकार गठनका लागि २१ जना सांसद्को आवश्यकता पर्छ ।
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८० १९:०५
प्रतिक्रिया दिनुहोस्