आँधीखोलामा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु
स्याङजा – स्याङजाको आँधीखोलामा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ ।
गल्याङ नगरपालिका-२ गराङ्दी का १४ वर्षीय युनिक रानाको पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरिक्षक पावलसिंह लामाले जानकारी दिनुभयो ।
बिहान ६ जना साथीहरु सहित पौडी खेल्न गएका राना खोलामा पस्ने बित्तिकै बेपत्ता भएका थिए ।
झण्डै दुई घण्टाको खोजबिन पछि उद्धार गरी गल्याङ नगर अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८० १६:०३
प्रतिक्रिया दिनुहोस्