जब दिन एकाएक रातमा बदलियो... [फोटो फिचर]
काठमाडौं– मेक्सिको, क्यानडा र अमेरिकामा लाखौं मानिस स्थानीय समयअनुसार ८ अप्रिलका दिन दिन एकाएक रातमा बदलिएको रोमाञ्चक घटनाका साक्षी भएका छन् । यसदिन सन् २०२४ को पहिलो सू्रर्यग्रहण लागेको हो ।
खग्रास सूर्यग्रहण सबैभन्दा पहिले स्थानीय समयअनुसार ११ बजेर ७ मिनेटमा मेक्सिकोको पश्चिमी तटस्थित माजात्लानमा देखिएको थियो । अन्त्य भने क्यानडाको न्युफाउन्डल्यान्डमा पुगेर भएको थियो । ग्रहणलाई अधिकांश मानिसले दिन एकाएक रातमा परिणत भएको क्षणलाई रोमाञ्चकताका साथ हेरेको बीबीसीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८० ०८:२२
प्रतिक्रिया दिनुहोस्