Mero Chitwan
सशस्त्रको गोदाम आगलागी घटना :  नौ सदस्यीय छानबिन समिति गठन

काठमाडौँ- काठमाडौँको चन्द्रागिरी नगरपालिका सतुङगलस्थित सशस्त्र प्रहरी बलको  गोदाम घरमा (स्टोर) भएको आगलागीको घटना छानबिन गर्न समिति गठन गरिएको छ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको नेतृत्वमा नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् चुहावट भएर नै आगलागी भएको आँकलन गरिएको प्रवक्ता खड्काले बताए । उनका अनुसार सशस्त्र प्रहरी मुख्यालय हलचोकमा ठाउँ अभावका कारण अन्य आवश्यक बन्दोबस्तीका सामग्री उक्त गोदममै राख्ने गरिएको थियो । आगलागी भएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने घटनास्थलमा गई आगलागी र त्यहाँ राखिएका सामानबारे जानकारी लिनुका साथै आगलागीबारे जाँच गर्न निर्देशन दिएका थिए । ––

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update