
काठमाडौँ — पूर्वअमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरको१०० वर्षमा निधन भएको छ । किंसिगर एसोसियट्सले एक वक्तव्य जारी गर्दै विश्वविख्यात कूटनीतिज्ञका रूपमा परिचित किसिन्जरको कनेक्टिकटस्थित निवासमा बुधबार निधन भएको जनाएको हो ।
किसिन्जरले तत्कालीन अमेरिकी राष्ट्रपतिहरू रिचर्ड निक्सन र जेराल्ड फोर्डको कार्यकालमा विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारको भूमिका निर्वाह गरेका थिए ।
किसिन्जरले सन् १९७३ मा नोबेल शान्ति पुरस्कारसमेत पाएका थिए । भियतनाम युद्ध रोक्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै स्विडिस एकेडेमीले किसिन्जर र भियतनामी कूटनीतिज्ञ ली डक थोलाई त्यस वर्ष संयुक्त रूपमा नोबेल शान्ति पुरस्कार दिएको थियो ।
कूटनीतिसम्बन्धी थुप्रै पुस्तक लेखेका किसिन्जरको पछिल्लो पटक अप्रिल २०२२ मा 'लिडरसिप : सिक्स स्टडिज इन वर्ल्ड स्ट्राटेजी' पुस्तकसमेत प्रकाशित भएको थियो । जीवनको उत्तरार्धसम्म सक्रिय रहेकाले उनले यही जुलाईमा बेइजिङ भ्रमण गरी चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेटेका थिए ।