Mero Chitwan
गण्डकीको मुख्यमन्त्री नियुक्ती असंवैधानिक भन्दै सर्वोच्च जाँदै कांग्रेस

काठमाडौं : गण्डकीमा मुख्यमन्त्री नियुक्ती प्रक्रिया असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसले प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएको छ ।

राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए ।

प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेर अगाडी बढेपछि अब कांग्रेस सर्वोच्च अदालत जाने तयारी गरेको छ ।

नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले सभामुखको समर्थनसहित पेश गरेको दाबिलाई स्वीकार गर्दै प्रदेश प्रमुख भट्टले मुख्यमन्त्री नियुक्त गरेका थिए । यस अघि कोशी प्रदेस सरकार गठनमा सभामुखले मत दिएपछि सर्वोच्चले सो सरकार बर्खास्त गरेको नजिरलाई बेवास्ता गर्दै नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् ।

अधिकारीले आजै ३. ३० बजे तीन सदस्यीय मन्त्रिपरिषद बनाएर शपथको तयारी गरेका छन् ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update