Mero Chitwan
बैंकबाट निकालेर लैजाँदै गरेको १५ लाख ५० हजार रुपैयाँ लुटियो

सिराहा : सिराहा सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय नजिकै रहेको पेट्रोल पम्प अगाडिबाट १५ लाख ५० हजार रुपैयाँ लुटपाट भएको छ । आइतबार सिराहाको ग्लोबल बैंकबाट निकालेर लैजाँदै गरेको १५ लाख ५० हजार रुपैयाँ लुटिएको प्रहरीले जनाएको हो । 

विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले पैसा बोकेर सिरहाबाट विष्णुपुर गइरहेका थिए । पेट्रोल पम्प क्रस हुनै लाग्दा साढे ११ बजेको समयमा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जना नाकाबधारीले पेस्तोल देखाउँदै पैसा लुटेको यादवले बताए । लुटेरा समूह फरार भएका छन् ।

उनीहरूको खोजीकार्य तथा थप अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले बताए ।

 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update