
सिङ्गापुर–सिङ्गापुरको एक अदालतले आर्थिक रूपमा पतन भएको क्रिप्टोकरेन्सी हेज फण्ड थ्री एरोज क्यापिटलका संस्थापकहरूको विश्वव्यापी सम्पत्ति १.१४ अर्ब अमेरिकी डलर जफत गर्न आदेश दिएको छ ।
थ्री एरो क्यापिटलले गत वर्ष आर्थिकरूपमा सङ्कटग्रस्त बनेको भन्दै निवेदन दायर गरेको थियो । क्रिप्टो बजारमा मूल्यहरू घट्दै जाँदा यसको सम्पत्तिमा ठूलो कारोबार रोकिएपछि संस्था आर्थिकरूपमा धराशायी बनेको थियो ।
बेलायती भर्जिन आइल्यान्डको एक अदालतले सहसंस्थापक सु झू र काइल डेभिस तथा डेभिसकी पत्नी केली चेनविरुद्ध सोमबार उक्त आदेश जारी गरेको कारोबार रकम व्यवस्थापनका लागि जिम्मेवारी तोकिएको टेनेओ नामक संस्थाले जनाएको छ ।
आदेशमा भनिएको छ, “उनीहरूले आफ्नो सम्पत्ति (स्थानान्तरण वा बिक्री सहित) १.१४४ अर्ब अमेरिकी डलरबराबरको कारोबार गर्न रोक लगाएका छन् ।”
“यसले थ्री एरोका संस्थापकका विपषी र सहयोगीहरूलाई उनीहरूको कानुनी दायित्व र जोखिमको बारेमा स्पष्ट सङ्केत पनि दिएको छ,” विज्ञप्तिमा भनिएको छ । आदेशमा डेभिसकी श्रीमतीलाई समावेश गर्नुले ‘लिक्विडेटर’हरूले सम्पत्ति पुनः प्राप्त गर्ने प्रयासको थप विस्तारलाई सङ्केत गर्दछ ।
गत सेप्टेम्बरको अन्त्यतिर सिङ्गापुरबाट उडान भर्ने क्रममा झुलाई पक्राउ गरिएको थियो र उनी चार महिनादेखि जेल जीवन बिताइरहेका छन् ।