Mero Chitwan
पोल्ट्री फर्मले फालेको लेदोमा डुबेर  दुई बालकको मृत्यु

धनकुटा : पोल्ट्री फर्मले फालेको लेदोमा डुबेर धनकुटामा दुई बालकको मृत्यु भएको छ। 

शनिबार धनकुटा नगरपालिका-१० पात्लेमा रहेको पोल्ट्री फर्मले फालेको लेदोमा डुबेर स्थानीय दुई बालकको मृत्यु भएको धनकुटा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामसिंह चौधरीले जानकारी दिए।

धनकुटा नगरपालिका-१० का ११ वर्षीय मनिस खतिवडा र धनकुटा ९ का १६ वर्षीय दिपेश खतिवडाको घटनास्थलमै मृत्यु भएको हो।  घटनाको थप विवरण आउन बाँकी छ।  

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update