Mero Chitwan
मकुना र ध्रुवे बस्ती आसपासमा, सजग रहन निकुञ्जको आग्रह

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जंगली भाले हात्ती मकुना र ध्रुवे चितवनको पूर्वी तथा पश्चिमी भेगका बस्ती आसपासमा देखिएकाले सजग रहन आग्रह गरेको छ । 

निकुञ्जले आज एक सूचना जारी गर्दै द्ई हात्तीमध्ये मकुना कुमरोज तथा सौराहा क्षेत्रमा र ‘ध्रुवे’ पश्चिमी भेग जगतपुर, मेघौली तथा माडी आसपासमा देखिएको जनाएको हो । 

 हात्ती देखापरे नजिकको प्रहरी कार्यालय वा निकुञ्ज प्रशासनमा तत्काल खबर गर्न र आफैं नधपाउन निकुञ्जको आग्रह छ । ‘ध्रुवे’ नाम गरेको जंगली हात्ती २०६६ सालतिर चितवन निकुञ्ज र यस आसपासमा देखा पर्न थालेको हो ।

१५ जनाको ज्यान लिएपछि २०६९ सालको हिउँदमा ‘ध्रुवे’ हात्तीलाई मार्ने निर्णय भएको थियो । तर भाग्दै लुक्दै ज्यान जोगाएको थियो । २०७४ देखि पुन: निकुञ्जमा देखापरेको ‘ध्रुवे’ कहिले शान्त र कहिले आक्रमक हुने गरेको छ । यसपटकको हिउँदमा फेरि आक्रामक भएपछि ‘स्याटेलाइट कलर’ राखिएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update