सहकारी ठगीमा आफूलाई जोडिएको भन्दै गृहमन्त्रीपत्नीले दिइन् मिडिया सञ्चालकविरुद्ध मुद्धा
काठमाडौं–सहकारी ठगी प्रकरणमा आफूलाई जोडेर समाचार प्रकाशन गरी गाली बेइज्जति गरेको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले विभिन्न सञ्चारमाध्यम र सञ्चालकविरुद्ध गालीबेइज्जति मुद्धा दायर गरेकी छिन् ।
उनले आज रिपब्लिक मिडिया, अनलाइन खबर, कान्तिपुर, उकेरा डट कम, अर्थसरोकार तथा जनआस्थाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरेकी हुन् ।
पौडेलले प्रेस काउन्सिलमा पनि कारबाहीको माग गर्दै उजुरी दिएकी छन् । आफूले तिरिसकेको ऋणलाई लिएर आफूलाई ठग करार गरिएको उनको दाबी छ ।
लामिछानेआबद्ध सहकारीले बचतकर्ताको रकम नदिएको भन्दै उजुरी परेपछि काठमाडौं महानगरले सहकारीमा छापा मारेको भन्दै समाचार प्रकाशन भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८० २२:५४
प्रतिक्रिया दिनुहोस्