नेपाल आइडल बिजेता रवी ओडविरुद्ध वैवाहिक बलात्कार आरोपमा पक्राउ पुर्जी जारी
काठमाडौं : नेपाल आइडल बिजेता गायक रवी ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उनकी पत्नीले दिएको वैवाहिक बलात्कार मुद्दाको बिषयमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
गायक ओडविरुद्ध अदालतबाट पक्राउ अनुमति आएको कञ्चनपुरका एसपी चक्रराज जोशीले सञ्चारकर्मीलाइ जानकारी दिएका छन् ।
पत्नीले अप्राकृतिक र असहज तरिकाले निरन्तर आफूलाई बलात्कार गर्ने गरेको भन्दै गम्भीर आरोप लगाएकी छन् । सो पक्राउ पुर्जी जारी भएसँगै गायक ओड भने फरार छन् । सो घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८० १३:२२
प्रतिक्रिया दिनुहोस्