Mero Chitwan
भरतपुरका ३६३ सहकारीलाई व्यवस्थित गर्न मर्जर प्रक्रिया अगाडि बढाइयो 

चितवन–भरतपुर महानगरपालिकाले नगरमा रहेका ३ सय ६३ सहकारीलाई व्यवस्थित गर्न मर्जरको प्रक्रिया अगाडि बढाएको छ ।

६७ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा भरतपुर प्रमुख रेनु दाहालले यस्तो जानकारी दिएकी हुन्। उनले सहकारीमा देखिएको वेथिति अन्त्य गर्न महानगर सकारात्मक रहेको उल्लेख गरिन्े। 
सहकारीलाई नियमन गर्ने विषयमा स्थानीय निकायलाई सीमित अधिकार दिइएकाले पूर्ण रुपमा नियमन गर्न नसकिएको उनको भनाइ छ । 

महानगरपालिकाले सहकारी क्षेत्रको विकासमा बर्सेनि ठूलो बजेट विनियोजन गर्ने गरेको प्रमुख दाहालले बताइन् । महानगरपालिकाले  विषेश गरी उत्पादनमूलक क्षेत्रमा कृषिका औजार, मेशिन र दुग्ध सहकारीलाई प्रति लिटर रु ३ अनुदान दिँदै आएको उनले बताइन् । महानगरले दुग्ध उत्पादन संलग्न सहकारीलाई चिलिङ भ्याट, मिल्क एनालाईजर सेट, कृषि सहकारी, कृषि सहकारीलाई मिल खरिदको लागि ५० प्रतिशत लागत साझेदारी प्रदान गर्ने गरेको छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले सहकारी समुदायमा आधारित भएमात्र कुनै पनि समस्या नआउने बताए । चितवनमा बाहिरी जिल्लाबाट आई सहकारी विस्तार गरी यहाँको पैसा संकलन गरी अन्य ठाँउमा लैजाने परिपाटीले साहारा, शिवशिखर, लाँलीगुराँस, सनराईज जस्ता सहकारीमा समस्या देखिएको उनको भनाइ छ । तर, चितवनमा मुख्य कार्यालय रहेर खोलिएका सहकारीमा कुनै पनि समस्या नआएको उनले प्रष्ट पारे । 
 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  २३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update