Mero Chitwan
प्रभु साहको प्रश्न : मधेशका विद्यार्थीमाथि राज्यकै विभेद किन ?

काठमाडौं : प्रतिनिधिसभा सदस्य प्रभु शाहले विद्यालयमा ‘दरबन्दी वितरण साम्प्रदायिकताको आधारमा गर्ने हो ?’ भन्दै संसदमा प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा सांसद शाहले साम्प्रदायिक आधारमा मधेशका विद्यार्थीहरूमाथि राज्यले विभेद गरेको आरोप लगाए ।

प्रदेशगत रूपमा हेर्ने हो भने- बागमतीमा १८ जना विद्यार्थी बराबर एक जना शिक्षकको दरबन्दी दिइएको तर मधेशमा ७१ जना विद्यार्थी बराबर एउटा मात्र शिक्षकको दरबन्दी दिइएको शाहको दाबी छ । ‘जिल्लागत तुलना गर्ने हो भने रौतहटमा ८० विद्यार्थीमा एउटा शिक्षक देखिन्छ भने काठमाडौंमा १३ विद्यार्थीमा एउटा शिक्षक देखिन्छ,’ उनले भने, ‘यो विभेदपूर्ण साम्प्रदायिक वितरणको जवाफ कसले दिने ? ’

सांसद शाहले मोटरसाइकलमा क्षमता भन्दा बढी व्यक्ति सवार रहे ट्राफिक प्रहरीले चिट काट्ने कारबाहीको व्यवस्था सम्झाउँदै ‘पचास जना विद्यार्थी बस्ने कोठामा दुई/दुई सय विद्यार्थी बस्दा चिट काट्नु पर्छ कि पर्दैन ?’ भनेर सभामुख समक्ष प्रश्न गरे । तराई मधेशका स्कुलमा एउटा कक्षाकोठामा दुई/दुई सय विद्यार्थीहरू कोचिएको छ उनको दाबी छ । 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update