Mero Chitwan
संसदीय छानबिन समिति बनाउनु पर्ने कांग्रेसको अडान कायमै

काठमाडौं : नेपाली कांग्रेसले आजको प्रतिनिधिसभा बैठकमा पनि संसदीय छानबिन समिति गठन गर्नुपर्ने आफ्नो माग कायमै राखेको छ । प्रतिनिधि सभाको आजको बैठकमा कांग्रेस सांसद सञ्जय गौतमले गृहमन्त्री रवि लामिछानेका विषयमा प्रश्न उठेकाले कांग्रेसले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग कायमै राख्ने बताएका हुन् ।

‘जुन सरकार सुशासनको नैतिकता बहन गर्न सक्दैन,’ उनले भने, ‘यस्तो सरकारले कसरी मुलुकलाई अग्रगमनमा लिएर जान सक्ला ? कसरी हामीले समृद्धिको कल्पना गर्न सकौँला ? त्यसकारण प्रतिपक्षका रूपमा हामीले उठाएको यो मुद्दामा गम्भीर हुन आग्रह गर्छु । सरकार यसप्रति गम्भीर होस्, संसदीय छानबिन समिति बनाओस् । यो कुरालाई चाँडो निष्कर्षमा लैजाओस् ।’ 

 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update