Mero Chitwan
महालेखा परीक्षकको पदमा तोयम राय सिफरिस

काठमाडौं : संवैधानिक परिषद्को आज बसेको बैठकले रिक्त रहेको महालेखा परीक्षकको पदमा तोयम रायलाई नियुक्तिका लागि सिफरिस गर्ने निर्णय गरेको छ । बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बैठक बस्नका लागि छलफल समेत गरेका थिए ।

संवैधानिक परिषद्‍मा प्रधानमन्त्री, प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ । 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update