काठमाडौँ– पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि भएको खुला विज्ञापनमा आवेदन दिएकामध्ये १७ जनाको आवेदन स्वीकृत भएको छ ।
शिक्षामन्त्री संयोजक रहेको उपकुलपति छनोट समितिले १७ जनाको नाम सार्वजनिक गरेको हो। समितिले विश्वविद्यालयको सोचपत्र र चार वर्षे व्यावसायिक योजना प्रस्तुतीकरणका लागि पनि आव्हान गरेको छ ।
आवेदन दिएकामध्ये शुभनारायण पाठक, अनिल कुमार पोखरेल, जीवनकुमार ढकाल, अशोक कुमार झा, गुरुप्रसाद खनाल, प्रमोदकुमार झा, बिजु कुमार थपलिया, विनोद पराजुली, देवी प्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल, उमेश कोइराला, संजेश प्रसाद कोइराला, राजकुमार पोखरेल, रेसमबहादुर थापा, रमेशप्रसाद भट्टराई र महेशराज दाहालको नाम स्वीकृत भएको छ । वालिङ ११ स्याङजाका तोयनारायण पौडेलको दर्खास्त अस्वीकृत भएको हो ।
दर्खास्त स्वीकृत भएकाहरूले चैत २७, २८ र २९ मा सोचपत्र र व्यावसायिक कार्य योजना प्रस्तुत गर्नु पर्ने हुन्छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा यादवप्रसाद कोइरालाको फागुन १९ मा कार्यकाल सकिएपछि आवेदन आह्वान भएको हो। सरकारले शैलेषमणि पोखरेललाई निमित्त उपकुलतिको जिम्मेवारी दिएको छ ।