चीन भूकम्प : मृतकको संख्या १२० पुग्यो, २३० सय घाइते
बेइजिङ । चीनमा गए राति शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या १२० पुगेकाे छ । उत्तरी पश्चिम क्षेत्रको गान्सु प्रान्तमा गएराति ६.२ म्याग्नेच्युडको भूकम्प गएको हो ।
अहिलेसम्म १२० जनाको मृत्यु भएको र २३० भन्दा धेरै घाइते भएका चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्पले थुप्रै भवन भत्किएको र खोजी तथा उद्धार कार्य जारी रहेको अधिकारीहरुले जनाएका छन् ।
चीनको उत्तर पश्चिमी प्रान्त गान्सुलगायत तिब्बतको पठार सीमा भूकम्प जोखिम क्षेत्र हो । सन् २००८ मा सिचुवानमा आठ म्याग्नेच्युडको भूकम्प जाँदा करिब ७० हजार जनाको मृत्यु भएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८० १६:४०
प्रतिक्रिया दिनुहोस्