काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल)मा हिजो राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै राजस्थान रोयल्स विजयी भएको हो । आईपीएलको यो संस्करणमा राजस्थानको दोस्रो जित हो ।
१८६ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७३ रन मात्रै बनायो । दिल्लीका लागि डेविड वार्नरले ४९, ट्रिस्टन स्टब्स ४४, कप्तान ऋषभ पन्त २८, मिचेल मार्श २३ र अक्षर पटेल १५ रन बानाए ।राजस्थनका लागि युजभेन्द्र चाहाल र नान्द्रे वर्गरले समान २-२ विकेट लिए भने आवेश खानले १ वकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट १८५ गुमाएर रन बनाएको थियो । राजस्थानका रियानले सर्वाधिक ८४ रन बनाए। ४५ बलको सामना गरेका रियानले ७ चौका र ६ छक्का प्रहार गरे।
यस्तै रविचन्द्र अश्विनले २९ र ध्रुव जुरेलले २० रन प्रहार गरेका थिए । दिल्लीका लागि खालिद अहमद, मुकेश कुमार, एनरिच नर्ट्जे, अक्सर पटेल, कुलदीप यादवले समान १-१ विकेट लिए ।