निजी विद्यालयको नाम नेपालीपन झल्कने गरी राख्न काठमाडौं महानगरको निर्देशन
काठमाडौं-काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका निजी विद्यालयहरूलाई नेपालीपन झल्कने नाम राख्न निर्देशन दिएको छ । महानगरले बिहीबार एक सूचना जारी गर्दै निजी विद्यालयको नाममा नेपालीपन झल्किनुपर्ने बताएको हो ।
शिक्षा नियमावली, २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा व्यवस्थाबमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था रहेको महानगरले जनाएको छ ।
नयाँ नामका लागि महानगरले एक महिनाको समय दिएको छ । महानगरले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नका लागि प्रक्रिया अघि बढाई एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित निवेदन पेस भनेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८० ०६:४४
प्रतिक्रिया दिनुहोस्