Mero Chitwan
चितवनमा सहकारी दिवस मनाइने

चितवन : सहकारीमा सुशासन : प्रविधि र एकीकरण भन्ने नाराका साथ चितवनमा यही चैत १८ गतेदेखि २० गतेसम्म सहकारी दिवस मनाइने भएको छ । २ दिनसम्म चल्ने सो कार्यक्रममा चितवनभरका सहकारी संस्थाहरुको एक्यवद्धता रहनेछ ।

सहकारी संस्थाहरुको छाता संगठनका रूपमा रहेका अन्य संस्थाहरुको समेत उपस्थिति रहने सो कार्यक्रममा सहकारीले गर्दै आइरहेका काम र यसको आयव्यय आदि सार्वजनिक गरिनेछ ।

हालसम्म चितवनमा सहकारीका माध्यमबाट प्रत्यक्ष रोजगारी ५ हजार ९ सय ५० जनाले पाएका छन् । भने ३ लाख ३१ हजार हालसम्म सहकारी सदस्यहरु रहेका छन् । र हालसम्म चितवनमा सहकारीको माध्यमबाट ३ अर्व ९७ करोड शेयर संकलन भएको सहकारी संघका उपाध्यक्ष तुलसी उपाध्यायले बताए।

कार्यक्रमको उद्घाटन भरतपुर महानगर प्रमुख रेनु दाहालले गर्ने समेत उपाध्यायले जानकारी दिए । यस्तै सो कार्यक्रममा स्टल अबलोकन तथा सहकारीले गरेका कामका बारेमा समिक्षा र नयाँ योजनाका बारेमा समेत छ्लफल गरिनेछ ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update