Mero Chitwan
विमानस्थलमा यात्रुलाई अमर्यादित र अभद्र व्यवहार नगर्न गृहमन्त्रीको आग्रह

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विमानस्थलमा यात्रुलाई अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई आग्रह गरेका छन् । मंगलवार अध्यागगमन विभाग पुगेर गृहमन्त्री लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा आउँदा-जाँदा गरिने अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई सुझाव दिएका हुन् । 

उनले सेवाग्राहीलाई आफ्नो व्यवहार आजैबाट परिवर्तनको अनुभूति गराउन समेत अनुरोध गरे । 'विदेशीका लागि अध्यायमन देशको मुहार हो,' उनले भने, 'मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा बन्दैन। अध्यागमन सुधारका योजना ल्याउनुस्। तपाईंका योजनामा मन्त्रालयले सक्दो सहयोग गर्छ। म निर्देशन होइन सहकार्यमा विश्वास गर्छु।'

उनले अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउनु पर्नेमा पनि जोड दिए । जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधान सम्पन्न बनाउन केही चुनौती भएता पनि प्रयास जारी राख्नुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update