Mero Chitwan
वडाध्यक्षलाई ५ लाखको लोभले पुर्यायो जेल !
एआइ तस्बिर

बारा । बाराको जितपुर सिमरा नगरपालिका–३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको छ । कार्की पाँच लाख घूससहित पक्राउ परेका हुन्  ।  

वडाध्यक्ष कार्कीलाई जितपुरस्थित जैसवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घूसबापत पाँच लाख नगद रकम लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले बताए । घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

पक्राउ परेका वडाध्यक्ष एमालेबाट निर्वाचित भएका थिए । उनी एमाले मधेस प्रदेश कमिटीको सदस्य समेत हुन् ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update