Mero Chitwan
बीएन्डसी मेडिकल कलेजलाइ सम्बधन दिन सर्वोच्चको आदेश

काठमाडौं  : सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाइलाई न्याय दिलाएको छ । न्यायधीशद्वय कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले सोमबार निर्णय सुनाउँदै प्रसाइलाइ मेडिकल कलेज सम्बधन दिन सरकारलाई आदेश दिएको छ ।

बीएन्डसी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाउँदै २ वटा रिट दायर गरेको थियो, जसको आज आदेश दिइएको हो ।

मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईले २०७७ असार २१ र २०७७ असोज ३० गते आयोगविरुद्ध रिट दायर गरेका थिए।

 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update