Mero Chitwan
सनराइज सहकारीका निक्षेपकर्तालाई उजुरी दिन चितवन प्रहरीको आग्रह

चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले सनराईज वचत तथा ऋण सहकारी संस्था लिमिटेडका निक्षेपकर्ताहरुलाई उजुरी दिन आह्वान गरेको छ। 

भरतपुर ०३ लायन्सचोकमा केन्द्रीय कार्यालय रहेको सनराईज वचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालय, सेवा केन्द्र पार्वतीपुर, चनौली र विकासचोक शाखाका संस्थापक अध्यक्ष, कार्य समितिका पदाधिकारी र व्यवस्थापक समेतले सो सहकारीमा आवद्द रहेका निक्षेपकर्ताको रकम ठगी गरेको भनि ठगी सम्बन्धी कसूरमा जाहेरी प्राप्त भई ठगी सम्बन्धी कसूरमा अनुसन्धान कार्य जारी रहेको भन्दै चितवन प्रहरीले उजुरी दिन आह्वान गरेको हो । प्रहरीले आजका मितिले १५ दिनभित्र उजुरी दिन आग्रह गरेको छ । 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update