ललितपुरमा होली खेल्ने क्रममा ग्याङ फाइट हुँदा २ जनाको मृत्यु, १८ पक्राउ
काठमाडौं-ललितपुरमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ ।
आइतबार राति ललितपुरको धोलाहिटीमा दुई समूहबीच झडप भएको हो। जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार झडपमा परी मृत्यु हुनेमा पाँचथर घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई र सुनसरी घर भई धोलाहिटी बस्ने ३० वर्षीय पुजन राई छन् । पूजनको शव सुमेरु अस्पताल र रोबर्टको पाटनमा राखिएको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट धारिलो हतियार पनि बरामद भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत १२, २०८० ०७:४५
प्रतिक्रिया दिनुहोस्