काठमाडौं-जिल्ला प्रहरी परिसर काठमाडौंले होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ। विगतका घटनालाई मध्यनजर गरेर सुरक्षा प्रवन्ध मजबुत बनाएको जिल्ला प्रहरीले जनाएको हो ।
काठमाडौंमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं परिसरका जनशक्तिलाई संयुक्त रुपमा परिचालन गरी ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङको व्यवस्था गरिने जनाइएको छ । यसैगरी, भीडभाड हुने ठाउँहरुमा ड्रोनबाट पनि निगरानी गर्ने तयारी गरिएको जनाइएको छ ।
प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउनेको संख्या अत्याधिक हुने गरेको र झैँझगडा, चोरी, पकेटमारी र सवारी दुर्घटना हुँदा ज्यानै जानसक्ने भएकाले कुनै नराम्रा गतिविधि गरे प्रहरीको टोल फ्रि नम्बर १०० र जिल्ला प्रहरी परिसर काठमाडौं प्रमुखले प्रयोग गर्ने नम्बर ९८५१२०५५५५ मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।