चितवनको 'मेघौली' कोशीटप्पुमा
राजविराज-चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको भाले गैँडा शनिबार कोशीटप्पु वन्यजन्तु आरक्षमा छाडिएको छ ।
सप्तरीको कञ्चनरूप नगरपालिका–५ स्थित कोशीटप्पु वन्यजन्तु आरक्ष पथरी सेक्टरमा वन तथा वातावरणमन्त्री नवलकिशोर साहको उपस्थितिमा चितवनबाट ल्याइएको मेघौली नामको भाले गैँडा छाडिएको हो ।
यहाँ यसअघि दुईवटा पोथी गैँडा छाडिएको थियोे । गत असोज १० गते चितवनबाटै पुष्पा र अञ्जली नामका दुई पोथी गैँडा ल्याएको थियो ।
प्रकाशित मिति: शनिबार, चैत १०, २०८० २२:३२
प्रतिक्रिया दिनुहोस्