Mero Chitwan
दाङमा करेन्ट लागेर एकै घरका ३ जनाको मृत्यु

दाङ-दाङमा करेन्ट लागेर एकै घरका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका ३, घण्टदेव चोकका ५५ वर्षीया दिलसरा केसी, उनका ६० वर्षीय पति गोरखबहादुर केसी र ४ वर्षीय नाति कृष्ण केसी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

शनिबार दिउँसो हाइटेन्सन लाइनको विद्युत्‌को तार चुँडिएर करेन्ट लाग्दा दिलसरा र कृष्णको घटनास्थलमै मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका गोरखबहादुरको भने लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनको तार चुँडिएर घरको आँगनमा पुग्दा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update