दोलखामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु
दोलखा - दोलखाको गौरीशंकर गाउँपालिका–५ सुरीबाट सिंगटी जाँदै गरेको टयाक्टर सामेली भोर्लेमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एक जना घाइते भएका छन् । शुक्रबार राति भएको दुर्घटनामा गौरीशंकर गाउँपालिका–५ तिनेखुका २३ वर्षीय बुद्धिवीर तामाङ र ४३ वर्षीय अमृत तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सोही स्थानका १९ वर्षीय पेम्बा तामाङ गम्भीर घाइते भएका छन् । ट्याक्टर अनियन्त्रीत भएर सडकबाट १ सय ८० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, चैत १०, २०८० ०९:५१
प्रतिक्रिया दिनुहोस्