चितवन : रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले चितवन राष्ट्रिय निकुञ्जबाट कोशीमा गैंडा स्थानान्तरण गरिएकोप्रति आपत्ति जनाएका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवनको भाले गैंडा कोशी लगिएपछि मेयर सापकोटाले आपत्ति जनाएका हुन् । सौराहाले हुर्काएको गैंडा थपक्क उठाएर अन्त लैजाने अधिकार कसैलाई छैन।
'यो कार्यप्रति मेरो पूर्ण असहमति छ, ' उनले भनेका छन्, 'गैंडा स्थानान्तरण गर्दा स्थानीय सरकारसंग समन्वय समेत गरिएन। '
उनले आर्थिक मन्दीमा कारण पर्यटन व्यवसाय सुस्ताएका बेला गैंडा स्थानान्तरण गरिनु गलत भएको बताएका छन् । सौराहामा गाउँमै गैंडा हेर्न पाइने र पर्यटकले गैंडालाई स्पर्श गर्ने सौभाग्य प्राप्त गरेकोमा अब यसबाट वन्चित हुने अवस्था आएको उल्लेख गर्दै उनले भनेका छन्, पर्यटक रमाउने गैंडालाई अन्त लैजानु नगरबासीका लागि दुर्भाग्य हो ।