Mero Chitwan
४ महिनाको बच्चा आँधीले उडायो, रुखमा सकुशल फेला

अमेरिकाको टेनेसी राज्यमा भीषण आँधीले उडाएका चार महिनाका एक बालक सकुशल फेला परेका छन ।

हुरीले घर तहसनहस पार्नुका साथै छानोसमेत उडाएको थियो । त्यस क्रममा बच्चालाई समेत उडायो । तर भाग्यवश बच्चा रुखमा अड्किए । त्यतिबेला ठूलो पानी परिरहेको थियो । बालकका एक वर्षका दाजु र आमाबुवालाई सामान्य चोट लागेको  र सकुशल रहेको बताइएको छ।

बालककी २२ वर्षीया आमा सिड्नी मूरले सुतिरहेको समयमा छोरालाई आँधीले उडाएको बताइन् । बच्चाका बाबु समात्न झ्यालसम्म गए पनि सकेका थिएनन् । 

आँधी सकेपछि, मूर छोराको खोजीमा निस्किइन् । भारी वर्षाका बीच खोजी गर्दा उनीहरूले बच्चा फेला पारे। बच्चा जिउँदै थियो । बच्चा भएको ठाउँ रुखको सानो झ्याल जस्तै देखिन्थ्यो । बच्चालाई सामान्य चोटमात्र लागेको थियो। 
 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update