Mero Chitwan
सीआइबीमा बयानपछि विनोद चौधरीको प्रतिक्रिया : सरकारी जग्गा हिनामिनामा संलग्न छैन

काठमाडौं  :  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज सांसद तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीको बयान लिएको छ । बयानपछि सञ्चारकर्मीसँग कुरा गर्दै चौधरीले सरकारी जग्गा हिनामिनामा आफ्नो कुनै संलग्नता नरहेको प्रतिक्रिया दिएका छन् ।  

जग्गा हिनामिना भएको भनेर  राजनीतिकरण गरिएको उनले आरोप लगाए । ‘४२ वर्ष अगाडि बाँसबारी जस्तो अनकन्टारमा कौडीको पनि भाउमा नबिक्ने जग्गालाई आधार बनाइएको छ,’ उनले भने, ‘त्यो बेला 'पब्लिक-प्राइभेट' साझेदारीको एउटा नविनतम सोचलाई जुन किसिमबाट राजनीतिकरण गरियो । अत्यन्त दुःख लाग्दो छ ।’

१० रोपनी जग्गामा आफ्नो ग्रुपले कुदृष्टि राख्छ भनेर सोच्नु नै एउटा विकृत मानकिता उपज भएको उनको भनाइ छ ।

‘४२ वर्ष अगाडि त्यो जग्गाको मूल्य कति नै पर्थ्यो होला सबैले बुझेका छन् । देशकै एक औद्योगिक ग्राम स्थापना गर्ने उद्देश्यले मुलुकभर विभिन्न परियोजना गर्ने ग्रुपले १० रोपनी जग्गाकोबारेमा कुनै पनि प्रकारको कुदृष्टि राख्छ भनेर सोच्नु नै एउटा विकृत मानकिता उपजबाहेक केही पनि होइन,’ सांसद चौधरीले भने । 

सांसद चौधरीलाई बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सीआईबीले बयान आज लिएको हो ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update