Mero Chitwan
गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति नबने सदन अवरुद्ध गर्ने कांग्रेसको चेतावनी

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले  सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेका बारेमा प्रधानमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको दोहोर्‍याएको छ । 

प्रतिनिधिसभाको आजको बैठकको सुरुमै विशेष समय लिएर कांग्रेस सांसद ईश्वरी न्यौपानेले प्रधानमन्त्रीले अनुसन्धानबिना नै गृहमन्त्रीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाइन् । उनले संसदीय छानबिन समिति गठन हुनुपर्ने र समिति गठन नभएमा संसदको आगामी बैठक चल्न नसक्ने चेतावनी दिइन् ।

हिजोको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री रवि लामिछानेमाथि उठेका प्रश्नको जवाफ दिँदै उनी दोषी नभएको जिकिर गरेका थिए भने त्यस लगत्तै नेपाली कांग्रेसले प्रधानमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै संसदीय समिति गठनको माग गरेको थियो ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update