Mero Chitwan
धारिलो  हतियारले आफ्नै श्रीमतीको हत्या गरी आत्महत्या

विराटनगर- मोरङको बेलबारीमा एक श्रीमान्‌ले आफ्नै श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन्। बेलबारी नगरपालिका- १ भेडा टोल बस्ने ५० वर्षीय बमबहादुर लिम्बुले ४५ वर्षीया श्रीमती गीता लिम्बुको हत्या गरी आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

बमबहादुरले मंगलबार राति १ बजे श्रीमती गीतालाई धारिलो हतियार (दाउ) प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। श्रीमती गीताको घटनास्थलमै मृत्यु भएको थियो।

श्रीमतीको हत्या गरेपछि बमबहादुरले त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको खुल्न आएको डिएसपी दाहालले बताए। घाँटी रेटेर गम्भीर अवस्थामा पुगेका बमबहादुरलाई उपचारका लागि नोबेल मेडिकल कलेज पठाइएको थियो। अस्पताल पुगेलगत्तै चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।

श्रीमतीको हत्या गरेपछि बमबहादुर छोरालाई पनि आक्रमण गर्न खोजेका थिए। तर छोराले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ। लिम्बु परिवार निर्मला राईको घरमा चार वर्षदेखि डेरा बस्दै आएका थिए। 

 

 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update